शुक्रबार, १६ असोज २०८३

विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता

६ असोज,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको छ

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र ईयूबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका मन्त्री खनालको सचिवालयले जनाएको छ ।

विशेषगरी, हालै नेपालमा जलवायु परिवर्तनको कारणबाट सिर्जित विपद प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।

उत्तरगङ्गा

उत्तरगङ्गा

सबै लेख

सम्बन्धित समाचार

सबै हेर्नुहोस् ›

टिप्पणीहरू (0)

आफ्नो टिप्पणी लेख्नुहोस्