शुक्रबार, १६ असोज २०८३

स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि प्रत्येक पालिका पुग्दै

१४ असोज, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो । रास्वपा पालिका पुग्नुका दुई उद्देश्य उनका अनुसार पालिका केन्द्रित अभियानको मुख्यत: दुई […]

काकाकुल मधेश : सोती खोलाको मुहान अतिक्रमणको चपेटामा

६ असोज, सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन् । पानीका मुहान र जैविक संरचनामाथिको मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखिन थालेको छ। सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका […]

अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

५ असोज, काठमाडौं । कांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर  खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले तयारी गरिरहेको अधिवेशनका पक्षमा पनि कतै खुलेका छैनन् । देशभरिका कांग्रेस नेता–कार्यकर्ताहरूको नजर १५औं महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेता खड्का […]

एमाले बैठकमा ‌ओलीको एकल प्रस्तुति

५ असोज, काठमाडौं । एमाले पार्टीको अभ्यासमा  विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे । अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धारणा राखेपछि बैठकका लागि तय गरिएका नियमहरूका आधारमा बैठक  चल्थ्यो । वर्षौंदेखि एमालेका केन्द्रीय बैठकहरूमा सहभागी हुँदै आएका नेताहरूका लागि सोमबारको बैठक भने नौलो रह्यो […]

प्रतिनिधिसभाको बैठक बस्दै, चार संसदीय समितिको बैठक पनि आजै

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक […]

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि […]